११ श्रावण २०८३, सोमबार

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी नियुक्त



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको साउन ६ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । यसअघिका संस्थाको सीईओ लक्ष्मण चालिसेलाई संस्थापक तथा माउ कम्पनी एनआईसी एशिया बैंकले फिर्ता बोलाएकाले रिक्त रहेको पदमा चोलराज शर्मा जोशीलाई नियुक्त गरिएको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम साउन ७ गते संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका जोशीले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।