आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने
काठमाडौं । २ करोडसम्मको कर्जामा बैंकहरुले आधार दरमा २ प्रतिशत भन्दा बढी प्रिमियम जोड्न नपाउने भएका छन् ।नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वार्षिक मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो ।
अब २ करोडसम्मको लघु, घरेलु, साना तथा मझौला उद्यम्, कृषि र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवाह हुने कर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थपेर ब्याजदर निर्धारण गर्न नपाउने व्यवस्था गरेको हो ।
सो व्यवस्थामा कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित क्षेत्रहरु थप गर्ने गरी पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।













