१० श्रावण २०८३, आइतबार

आम्दानीसँगै सामान्य बढ्यो कालिञ्चोक दर्शनको नाफा

आम्दानीसँगै सामान्य बढ्यो कालिञ्चोक दर्शनको नाफा



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कालिञ्चोक दर्शनको आम्दानीसँगै नाफा पनि बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद नाफा ७.७५ प्रतिशतले बढेर २ करोड ६६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २ करोड ४७ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नाफा पनि बढेको हो । कम्पनीको सञ्चालन आम्दानी २३.२२ प्रतिशतले बढेर ८ करोड ५४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको आम्दानी ६ करोड ९३ लाख रुपैयाँ थियो।

पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफामा सुधार भएको कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालन मुनाफा १०.३८ प्रतिशत बढेर ४ करोड २५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २१.७३ प्रतिशत बढेर एक करोड ८३ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको यस्तो आम्दानी ३२ पैसा बढेर ४ रुपैयाँ ४७ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा रहेको छ।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ।