१० श्रावण २०८३, आइतबार

मुस्ताङको थासाङमा हिमपहिरो



काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ ।

पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङ प्रहरीले जानकारी दिएको छ ।

हिमपहिरो स्थानीय बोक्सी खोलाभन्दा आधा घण्टामाथि रोकिएको बताइएको र कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम हुननसक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।