८ श्रावण २०८३, शुक्रबार

एभरेष्ट बैंकका ठूला सेयरधनी : कसको सेयर स्वामित्व कति ?



काठमाडौं । एभरेष्ट बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व भारतीय बैंकको छ ।

बैंकमा पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ । सो बैंकमा पन्जाब नेशनल बैंकको २ करोड ३५ लाख ६५ हजार १२० कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा प्रतिमा श्रेष्ठको १४.७७ प्रतिशत सेयर स्वामित्व छ । श्रेष्ठको बैंकमा १ करोड ७३ लाख ८६ हजार ७२२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, बैंकमा स्व.बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् १ करोड ८ लाख ३ हजार ६६२ कित्ता रहेको छ ।

यता, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत (२२ लाख १३ हजार ८३८ कित्ता), किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत (२२ लाख १३ हजार ८३८ कित्ता), शान्त देव पाठकको १.१८ प्रतिशत (१३ लाख ८३ हजार ८९१ कित्ता) र मान शेरचनको ०.९५ प्रतिशत (११ लाख १२ हजार १७९ कित्ता) सेयर स्वामित्व रहेको छ ।

बैंकमा होटल स्नो लायनको ९.३१ प्रतिशत (१ करोड ९ लाख ४९ हजार ७६९ कित्ता) सेयर स्वामित्व रहेको छ । बैंकमा सर्वसाधारणको भने ४०.८३ प्रतिशत (४ करोड ३६ लाख ८० हजार ५० हजार २० कित्ता) सेयर स्वामित्व रहेको छ ।


प्रतिक्रिया दिनुहोस्