अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई



काठमाडौं । अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार अमेरिकाका तीन जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको कामका लागि पुरस्कार प्रदान गर्न लागिएको हो।

यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन्। त्यसले अपेक्षाकृत धनी देशहरूलाई गरिब बनाउने खालको प्रणाली विकास गरेको देखाएको छ।

यस विधामा अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा तीन जना महिला छन्। सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो।


प्रतिक्रिया दिनुहोस्