८ श्रावण २०८३, शुक्रबार

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेसँगै सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।

बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत असोज १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम थियो । मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो ।

महासंघका अनुसार मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९५० रुपैयाँ कायम भएको हो ।


प्रतिक्रिया दिनुहोस्