गत वर्ष वैदेशिक ऋण र अनुदान प्रतिवद्धता दोब्बर वृद्धि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गत वर्ष वैदेशिक ऋण र अनुदान प्रतिवद्धता दोब्बर वृद्धि



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले प्राप्त गर्ने वैदेशिक ऋण तथा अनुदान सहायता प्रतिवद्धता ह्वात्तै बढेकाे छ।

अर्थ मन्त्रालयका अनुसार २०८१ साउन १ गतेदेखि असार २५ गतेसम्मको अवधिमा नेपालले कुल २ खर्ब ७३ अर्ब ४ करोड ६३ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता पाएको हो ।

अघिल्लो वर्ष २०८०/८१ मा यो संख्या १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँ मात्र रहेको थियो ।

चालु आर्थिक वर्षको कुल प्रतिबद्धतामध्ये २ खर्ब १५ अर्ब ५४ करोड ३२ लाख २० हजार रुपैयाँ ऋण र ५७ अर्ब ५० करोड ३१ लाख ५० हजार रुपैयाँ अनुदान रहेको छ । जसअनुसार ऋणको हिस्सा ७८.९४ प्रतिशत र अनुदानको हिस्सा २१.६ प्रतिशत पुगेको छ ।

प्राप्त सहायता मध्ये बहुपक्षीय विकास साझेदारबाट २ खर्ब २९ अर्ब ५३ करोड ४५ लाख ९० हजार रुपैयाँ र द्विपक्षीय साझेदारबाट ४३ अर्ब ५१ करोड १७ लाख ८० हजार रुपैयाँको प्रतिबद्धता आएको हाे ।


प्रतिक्रिया दिनुहोस्