२ मंसिर २०८३, बुधबार

सुनचाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ। लगातार ओरालो लागेको सुनचाँदीको मूल्यमा आज पनि भारी गिरावट आएको छ। नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ३ सय रुपैँयाले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले ओरालो लागेसँगै बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ रहेको थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले सस्तिएको हो। मंगलबार ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर प्रतितोला ३ हजार ३८० रुपैयाँमा कायम भएको छ।