३ मंसिर २०८३, बिहिबार

सुनचाँदीको मूल्यमा आज पनि गिरावट, प्रतितोला कतिमा झर्‍यो?



काठमाडौं । लगातार घटिरहेको सुनचाँदीको मूल्यको ओरालो यात्रा आज पनि रोकिएको छैन। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ३ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ३ हजार ३ सय रूपैयाँले सस्तिएको हो। अघिल्लो दिन अर्थात् बुधबार प्रतितोला २ लाख ६० हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर २ लाख ५७ हजार ६ सय रूपैयाँमा झरेको छ।

यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार प्रतितोला ३ हजार ३८० रूपैयाँ तोकिएको चाँदी आज ४५ रूपैयाँले घटी प्रतितोला ३ हजार ३३५ रूपैयाँ निर्धारण गरिएको महासंघले जानकारी दिएको छ।