अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर भई परिणाम दिनुपर्छः महामन्त्री थापा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर भई परिणाम दिनुपर्छः महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अबको सरकारले ५ वर्षको परिणम दिनु पर्ने बताएका छन् । आज आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दैं महामन्त्री थालो अहिलेको गठबन्धनको सरकारले आर्थिक क्षेत्रको परिणममुखी आधार तह गर्नु पर्ने बताए ।

अबको पाँच वर्षमा जनताको अपेक्षाअनुसारको काम गर्न नसके दण्ड र सजाय भोग्न सबै सत्तारुढ दल तयार हुनुपर्ने उनको भनाइ छ । “मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ”, उनले भने, “पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनुपर्छ ।” महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले अबको गठबन्धनको सरकारले देशको आर्थिक अवस्था डर लाग्नु पर्ने बताए । जनतालाई देश श्रीलंका हुन्छ भन्दै डराउने कामभन्दा पनि प्रधानमन्त्री र उनको टिम हरेक क्षण आफू डराएर अर्थतन्त्रको बारेमा विश्षलेण गर्नु पर्ने बताए ।

थापाले नेपालले उत्पादन गर्ने कुरालाई सामान्यीकरण गर्नु नहुने बताएका छन् । उनले भने हामीले के गर्न सक्छौं र के सक्दैनौं भन्ने कुरा आउनुपर्छ । के गर्ने र किन गर्ने भन्ने हुनुपर्छ । नयाँ सेक्टरहरु हेर्नु पर्छ । त्यो भनेको नलेज इकोनोमी हो ।’

त्यसैगरी बजेट विनियोजन र खर्चको गुणस्तरमा सरकारले ध्यान दिनुपर्ने बताउदैं उनले बजेट खर्च गर्दा परिणाम र त्यसको प्रभावबारे गहिरो समीक्षा हुनुपर्ने उनले बताए ।

उनले कार्यक्रम संशोधनले विकराल रूप लिएको पनि बताए । बजेटमा एउटा कार्यक्रमपछि आफू अनुकूल हुने संशोधन रोकिनुपर्ने उनको मत छ । थापालाई अवको सम्भावित अर्थमन्त्रीका रुपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्