८ श्रावण २०८३, शुक्रबार

श्री डिष्टिलरीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने



काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले प्रथम वार्षिक साधारण सभा बैशाख ९ गतेका लागि बोलाएको छ ।

सभाको प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने मुख्य एजेण्डा रहेको छ । साथै, सभाले कम्पनीको जारी पूँजी बृद्धि गर्ने विषयमा केहि संशोधन प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । संचालक समितिको निर्वाचन समेत सभाले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्