७ श्रावण २०८३, बिहिबार

छुट्नु होला नि ? ईङवा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा आयोजना प्रभावितले आवेदन दिने आज (चैत २० गते) अन्तिम दिन रहेको छ ।

फागुन २१ गतेदेखि विक्रीमा ल्याएको आईपीओ बैदेशिक रोजगारीमा गएमाहरुले आवेदन दिने मिति भने समाप्त भइ सकेको छ । कम्पनीले आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्कासन गरेकोे हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं। ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं। २ र वडा नं। ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन पाइने छ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्