२६ भदौ २०८३, शुक्रबार

अन्तिम दिनसम्म कति पर्यो सिटि होटलको आइपीओमा आवेदन ?



काठमाडौं । सिटि होटल लिमिटेडले आईपीओमा अन्तिम दिन (बैशाख ५ गते) सम्म ५ करोड ७४ लाख १५ हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार बैशाख ५ गतेसाँझ ५ः३० सम्म बैदेशिक रोजगारीमा गएका १९ हजार ९०३ जना आवेदकले ५ लाख ७४ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन ।

कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।

सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन बिक्री खुला गरेको थियो। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।