६६९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको पीडीए स्वीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको पीडीए स्वीकृत



काठमाडौं । तल्लो अरुण जलविद्युत परियोजनाको विकास सम्झौता प्रोजेक्ट डेभलपमेन्ट एग्रीमेन्ट (पिडीए) स्वीकृत भएको छ ।

लगानी बोर्डको आइतबार सम्पन्न ५४औं बैठकले ६६९ मेगावट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको विकासका लागि पिडीएको सहमतिको अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरिकोहो । सो बैठकले अनुमोदनका लागि सरकार मन्त्रिपरिषद सक्षम प्रस्ताव पठाउने निर्णय गरको बोर्डले जनाएको छ ।

बोर्डको ५३ औं बैठकको निर्णय अनुसार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरु सदस्य रहेको वार्ता समितिले एसजेभीएन इन्डियासंग चरणबद्ध रुपमा वार्ता गरी सहमति सहितको पिडीए अन्तिम मस्यौदा दस्तावेज तयार गरेको हो।

बोर्डको अघिल्लो बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि ९२ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरिसकेको छ ।

आफ्नो उत्पादनको सम्पूर्ण उर्जा निर्यात गर्ने एवं निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी आवश्यक पूर्व तयारी समेत अगाडि बढिरहेको छ । सोहीसन्दर्भमा ६६९ मेगावाट क्षमताको यस रुपान्तरणकारी परियोजनाको विकासले मुलुकको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

त्यस्तै बैठकले ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारी पत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरेको बोर्डका सहसचिव एवम् प्रवक्ता अमृत लम्सालले बताए ।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजनाहरुको विकासको सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले सम्पादन गरेका प्रमुख कार्यहरुको सम्बन्धमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।

बोर्ड बैठकका प्रधानमन्त्री प्रचण्डले परियोजना विकास गर्दा भविष्यमा पनि यसरी नै राष्ट्रिय हित अनुकूल हुने गरी कार्य गर्नसबै निकायहरुलाई निर्देशन दिए । तल्लो अरुण जलविद्युत परियोजनाको विकासका सन्दर्भमा वार्ता समिति, लगानी बोर्डको कार्यालय तथा सम्बद्ध सबै निकाय एवं पदाधिकारीबाट राष्ट्रिय हित प्रवर्द्धन हुने गरी परियोजना विकास सम्झौताको अन्तिम मस्यौदा तयार गर्न प्रत्यक्ष/अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सबैलाई धन्यवाद समेत दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्