आइतबार तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयरमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१६ अंकले बढेर २०९७.०९ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८६ कम्पनीको ७१ लाख ८४ हजार २५५४ कित्ता सेयर किनबेच हँुदा आज २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारेबार भएको छ ।
आज तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आइतबार सनराइज फोकस्ड फण्ड, एनआइबीएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्डको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, सिटिजन म्युचुअल फण्डको ९.८३ प्रतिशत, माछापुच्छ्रे बैंक डिभेञ्चरको ९.४१ प्रतिशत, गरिमा विकास लघुवित्तको ९.३१ प्रतिशत, कुमारी इक्विटी फण्डको ८.५४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
