१२८ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१६ अंकले बढेर २०९७.०९ बिन्दुमा बन्द भएको छ । आइतबार २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारेबार भएको छ ।
आज लिवर्टी इनर्जी कम्पनीको लगार्नीकताले सर्वाधिक गुमाएका छन्, कम्पनीको सेयर ५.९६ प्रतिशत अथवा प्रतिकित्ता १५ रुपैयाँ ५० पैसाले घटेर प्रतिकित्ता २४४ रुपैयाँ ५० पैसा कायम रहेको छ ।
साथै, मकर जितुमाया सूरी हाइड्रोपावररको ५.८५ प्रतिशत, मञ्जुश्री फाइनान्स लिमिटेड डिभेञ्चरको ३.९४ प्रतिशत, हिमालयन हाइड्रोपावरको ३.८६ प्रतिशत सहित १२८ कम्पनीको सेयर मूल्य घटेको छ ।
