घोराही सिमेन्टको नतिजा यी चार तरिकाबाट हेर्नुहोस्
काठमाडौं ।
काठमाडौं । घोराही सिमेन्टको आइपीओ आइबार दिउँसो बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टले आज दिउँसो ३:३० बजे नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा सेयर बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा ५ लाख ८१ हजार ५४६ जनाले आवेदन परेको थियो । त्यस मध्ये २३ हजार ८४५ जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार ५ लाख ५७ हजार ७०१ जना योग्य आवेदन परेको थियो ।
कम्पपनीको आइपीओमा आवेदन दिने सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहरुलाई सेयर दिइएको हो । १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई मागअनुसार सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
यस्तै, ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर वितरण गरिएको छ ।
यसका साथै बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर गोलाप्रथामार्फत बाँडफाँड गरिएको छ । जसअनुसार ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६५७ जना मध्येबाट ६९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ । उनिहरुको भागमा ८० कित्तासम्म सेयर परेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ जारी गरेको थियो ।
कम्पनीको आइपीओ रिजल्ट विभिन्न चार तरिकाबाट हेर्न सकिनेछ । हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/ , नबिल इनभेष्टमेन्टको वेबसाइट https://nabilinvest.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट htt://meroshare.cdsc.com.np/#/login सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np बाट नतिजा हेर्न सकिन्छ ।
साथै, मेरो सेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिनेछ ।













