दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
७ असार २०८२, शनिबार

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.४८ अंकले बढेर २१५२.६४ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५५ कम्पनीको ८५ लाख ९९ हजार ४३७ कित्ता सेयर किनबेच हँुदा आज ३ अर्ब ५१ करोड ४६ लाख ९६ हजार ७८७ रुपैयाँको कारेबार भएको छ ।

आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । मंगलबार बिपिडब्लु लघुवित्त वित्तिय संस्था, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथै, सुभम पावर कम्पनीको ८.८९ प्रतिशत, युनिर्भर नेपाल लिमिटेडको ८.३९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्थाको ६.७८ प्रतशत, एनएमबी डिभेञ्चरको ६.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्