७ श्रावण २०८३, बिहिबार

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने



काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । असार २ गते बसेको सञ्चालक समितिको बैंठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन मार्फतको रकमले बैंक कर्जा चुक्ता गर्ने जनाएको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशनको प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्