चार कारोबारको दिन बजार ८० अकंले बढ्यो, परिसूचक समेत उकालो, कहिलेसम्म रहला कायम ?
काठमाडौं । साताका चारै दिन सेयर बजारमा चमक देखिएको छ । निरन्तर चार दिन सेयर बजारमा सुधार आउँदा बजार ८०.३१ अकंले बढेको हो ।
सेयर बजारलाई असर गर्ने मुख्य कारण भनेको नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । अन्तर बैंक कारोबारको ब्याजदर १ प्रतिशतभन्दा तल झरेको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेसंगै अन्तर बैंक कारोबारको ब्याजदर पनि झन् झन् घट्दै गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तर बैंक ब्याजदर शून्य दशमलव ९० प्रतिशतको बिन्दुमा झरेको छ । विशेषगरि बैंकहरुमा तरलता सहज हुँदै गएपछि नै यस्तो ब्याजदर घट्न पुगेको हो । सोसँगै सेयर बजारमा साउन पछि सुधार आएको हो ।
अहिले राष्ट्र बैंकले मौद्रिक नीति पनि अर्का साता भित्र ल्याउने तयारी गरी मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडको सीमा र जोखिमभार १५० प्रतिशत कायम गरिएको प्रावधानमा राष्ट्र बैंकले खुकुलो बनाउने लगानीकर्ताले विश्वास लिएका छन् ।
नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ११.१७ अकंले बढेर २१६५.२४ बिन्दुमा बन्द भएको छ । २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३४ करोड ८६ दाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार आठ कम्पनीको सेयर मूल्यमा राताम्य भएका छन् । आज बैंकिङ समूहको २.३१ प्रतिशत, विकास बैंक समूहको १.२२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज युनाइटेड अजोडको २३ करोड ५७ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको १४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।
















