बिपिडब्लु लघुवित्तको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयरमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर किनबेच हुँदा आज ३ अर्ब ३४ करोड ८६ दाख ७९ हजार ९०० रुपैयाँको कारेबार भएको छ ।
आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बुधबार बिपिडब्लु लघुवित्त वित्तिय संस्थाको सेयरमा सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर १० प्रतिशत अथवा प्रतिकित्ता १३५ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता १ हजार ४९० रुपैयाँ ७० पैसा कायम रहेको छ ।
साथै, बिशालबजार कम्पनीको ७.१६ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको ६.५छ प्रतिशत, बोटलर्स नेपालको ६.०५ प्रतिशत, सिटिनज बैंकको ५.५७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
