कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँटको मिति तय, झण्डै ११ लाखको हात रित्तो हुने

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार (साउन ७ गते) बिहान ९ बजे एनएमबिसीएल कार्यालय परिसरमा बाँडफाँट हुने भएको हो ।
आइपीओमा ११ लाख ८ हजार २३२ जना आवेदकले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् ।माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १० हजार ११५ जनाले १०।१० कित्ताका दरले सेयर पाउने छन् । सोहि मध्य एक जनाले थप एक कित्ता गरी ११ कित्ता पाउनेछ ।
कम्पनीले असार २६ गतेदेखि १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसअनुसार १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन गरेको थियो । यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी १ लाख १ हजार १५१ सय कित्ताका सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।