दुई म्युचुअल फण्डको सेयरमा नकरात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३१ अंकले बढेर २१६३.९२ बिन्दुमा बन्द भएको छ । बिहीबार ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँको कारेबार भएको हो ।
आज दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फण्ड २, कुमारी इक्विटी फण्डको सेयरमा नकरात्मक सर्किट लागेको हो ।
साथै, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको ८.५५ प्रतिशत, सामुदायिक लघुवित्तको ५.१५ प्रतिशत, मेगा म्युचुअल फण्डको ५.१४ प्रतिशतले सेयर मूल्य घटेको छ ।
