८ श्रावण २०८३, शुक्रबार

सेतीखोला हाइड्रोपावरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल



काठमाण्डौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले १०० रूपैयाँ अंकित दरको ६० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र का स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्न भएको हो । बिक्री प्रबन्धक नियुक्ति सम्झौता—पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी १ अर्ब ५० करोड रूपैयाँ, जारी पूँजी १ अर्ब ५० करोड रूपैयाँ, र चुक्ता पूँजी ८० करोड छयालिस लाख पैचालीस हजार रूपैयाँ रहेको छ ।

सेतीखोला हाइड्रोपावर लिमिटेड बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा बि.स. २०८० अषाढ, २९ गते प्राईभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । कम्पनी अध्यक्ष अनुप आचार्य रहनुभएको छ भने सञ्चालकको रुपमा दिपक बराल, हरिबाबु न्यौपाने, सम्झाना आचार्य, विद्यावारिधी सिग्देल र राम बहादुर पहाडी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्