७ श्रावण २०८३, बिहिबार

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट, १० हजार ११५ जनाले पाए सेयर



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।

आइपीओमा ११ लाख ८ हजार २३२ जना आवेदकले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा १० हजार ११५ जनाले १०।१० कित्ताका दरले सेयर पाएका हुन् । सोहि मध्य एक जनाले थप एक कित्ता गरी ११ कित्ता पाएका हुन् ।

कम्पनीले असार २६ गतेदेखि १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसअनुसार १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन गरेको थियो । यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी १ लाख १ हजार १५१ सय कित्ताका सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्