आज सेयर बजार बन्द

काठमाडौं । आज सेयर बजार बन्द हुने भएको छ ।
आज (भदौ २८ गते) संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोहि कारण आज बजार बन्द भइ आइतबार मात्र खुल्नेछ ।
सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् । तर, केहि बैंकहरुले भने ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश शाखा कार्यालय खुला राख्ने निर्णय गरेको छ।