सरकारको बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर : साढे ६% आम्दानी हुँदा २.१६% मात्रै खर्च - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सरकारको बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर : साढे ६% आम्दानी हुँदा २.१६% मात्रै खर्च



काठमाडौं । सरकारले एक महिनामा वार्षिक लक्ष्यको २.१६ प्रतिशत खर्च गरेको छ ।

चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो अर्थात् साउन महिनामा सरकारले ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ खर्च गरेको हो । यो वार्षिक लक्ष्यको २.१६ प्रतिशत हुन आउछ ।

महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त गत साउन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवमा सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, पहिलो एक महिनामा २.१६ प्रतिशत खर्च गरेको छ ।

साउनमा सरकारले बजेट खर्चको दोब्बर राजश्व संकलन गरेको हो । साउनमा सरकारले ९६ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । कार्यालयका अनुसार राजश्व संकलन ६.५९ प्रतिशत रहेको छ ।

चालु आवमा सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ आम्दानीको लक्ष्य लिएको छ। राजश्व मार्फत १४ खर्ब १९ अर्ब ३० करोड ३० लाखको लक्ष्य लिएको छ । साउनमा लक्ष्यका ६.६८ प्रतिशत राजश्व संकलन गरेको हो । साउनमा ९४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, कर राजश्व पनि लक्ष्यको ६.०३ प्रतिशत अर्थात् ७७ अर्ब ४१ करोड २७ लाख रुपैयाँ संकलन गरेको छ। गैर राजश्व आम्दानी भने १७ अर्ब ३३ करोड ३ लाख रुपैयाँ रहेको छ । यो लक्ष्यको १२.८३ प्रतिशत हो ।
साउनमा सरकारले वैदेशिक अनुदान भने नलिएको पाइएको छ ।

चालु आवको पहिलो महिनामा भएको कुल खर्चमध्ये सबैभन्दा धेरै वित्तीय व्यवस्थापन तर्फ देखिएको छ। सो महिनामा सरकारले लक्ष्यको ५.२५ प्रतिशत वित्तीय खर्च गरेको छ । एकै महिना सरकारको यस्तो खर्च १९ अर्ब २७ करोड ६ लाख रुपैयाँ वित्तीय खर्च गरेको छ । यो वर्ष सरकारले कुल ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ वित्तीय खर्च गर्ने लक्ष्य लिएको छ।

साउनमा सरकारको विकास खर्च अर्थात् पुँजीगत खर्च भने २.४३ प्रतिशत देखिएको छ । साउनमा सकारले ८ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ पुँजीगत खर्च गरेको हो । यस्तै, चालु खर्च भने १.०९ प्रतिशत अर्थात् १२ अर्ब ३८ कारेड २२ लाख रुपैयाँ भउको छ । चालु आवको सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुँजीगत र ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्