स्काइवर्थको दशैं अफरः होम अप्लायन्समा ४०% सम्म छुट, बम्परमा एमजी कमेट ईभी कार जित्न सकिने « Arthapath.com
२० असार २०८२, शुक्रबार

स्काइवर्थको दशैं अफरः होम अप्लायन्समा ४०% सम्म छुट, बम्परमा एमजी कमेट ईभी कार जित्न सकिने



काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले चाडपर्वको लक्षित अफर ल्याएको छ।

कम्पनीले ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको हो । यो अफर अन्तर्गत ग्राहकहरुले बम्पर पुरस्कारमा एमजी कमेट ई भी कार जित्न सकिने छ । विभिन्न होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यसका साथै हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सकिने छ । यो दशैं तिहारको अफरमा अन्य थुप्रै पुरस्कारहरू पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ।

उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् । यो अफर असोज १ गते देखि कार्तिक ३० सम्म लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्