बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ? « Arthapath.com
३ असार २०८२, मंगलबार

बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ वृद्धि भएको हो ।

बिहीबार १ लाख ५५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको भाउ पनि वृद्धि भएको छ। तोलामा ३५ रुपैयाँ वृद्धि भई १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्