बाढी र पहिरो पीडितहरूको लागि सिजी इलेक्ट्रोनिक्सको नि:शुल्क मर्मत र एक्सचेन्ज सेवा दिने « Arthapath.com
२३ असार २०८२, सोमबार

बाढी र पहिरो पीडितहरूको लागि सिजी इलेक्ट्रोनिक्सको नि:शुल्क मर्मत र एक्सचेन्ज सेवा दिने



काठमाडौं । नेपालमा हालैका बाढी र पहिरोले पुर्याएको व्यापक क्षतिको सामना गर्दै, सिजी इलेक्ट्रोनिक्सले प्रभावित व्यक्तिहरूलाई सहयोग पुर्याउन ‘सहायता सेवा’ नामक एक मर्मत सहायता कार्यक्रम सञ्चालनमा ल्याएको छ। यो कार्यक्रमअन्तर्गत बाढी र पहिरोले क्षतिग्रस्त भएका वारेन्टी अवधि भित्र रहेका उपकरणहरूको नि:शुल्क मर्मत सेवा प्रदान गरिनेछ । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका एलजी, सिजी, गोदरेज , टिसीएल, बेको, सेन्सेइ, माईडिया, क्रोमटन, केन्ट ब्रान्डमा लागु हुने कम्पनीले जनाएको छ।

यस अभियानमा १०० प्रतिशत नि:शुल्क सेवा शुल्क र नि:शुल्क स्पेयर पार्ट्स उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले आफ्ना क्षतिग्रस्त उपकरणहरू साटासाट गर्दा सर्वश्रेष्ठ मूल्याङ्कन पनि प्राप्त गर्न सक्नेछन्।

यो सेवा कार्तिक ९, २०२४ सम्म मान्य हुनेछ र यस अवधिभित्र आफ्नो समस्या दर्ता गराएका सबै ग्राहकहरूलाई यो सुविधा उपलब्ध हुने छ। यो कार्यक्रम कम्पनीले समुदायसँगको सहकार्यलाई प्रकट गर्ने एउटा प्रयास भएको कम्पनीले जनाएको छ।

सिजी इलेक्ट्रोनिक्स यस्ता आपत्तकालीन परिस्थितिमा समुदायलाई सहयोग पुर्याउन निरन्तर प्रयास गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्