अहिलेसम्मको महँगो बन्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ? « Arthapath.com
७ कार्तिक २०८१, बुधबार

अहिलेसम्मको महँगो बन्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?



काठमाडौं । सुनको भाउले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधवार सुनको भाउ तोलामा ८०० रुपैयाँ वृद्धि भई १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

पछिल्ला केही दिन यता छापावाला सुनको भाउले दैनिक कीर्तिमानी उचाई कायम गरेको छ । मंगलबार पनि १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि कीर्तिमानी उचाईमा पुगेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँ वृद्धि भई १ हजार १३५ रुपैयाँ पुगेको छ ।यो अहिलेसम्मकै महँगो हो । महासंघका अनुसार मंगलबार पनि २ हजार १०० रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्