लक्ष्मी पुजाकै दिन सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, हालसम्मकै महँगो बन्यो « Arthapath.com
१५ कार्तिक २०८१, बिहीबार

लक्ष्मी पुजाकै दिन सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, हालसम्मकै महँगो बन्यो



काठमाडौं । लक्ष्मी पुजाकै दिन सुनको भाउले फेरि कीर्तिमानी उचाई बनाएको छ । बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँ वृद्धि भई अघिल्लो दिनको रेकड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो नै हालसम्मको उच्च हो । बुधवार पनि सुनको भाउ तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा ३० रुपैयाँ घटेर २ हजार ९० रुपैयाँ कायम भएको छ ।बुधवार भने २ हजार १२० रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्