तिहारपछिको पहिलो कारोबार दिन ह्वात्तै घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् गत बिहीबार (कात्तिक १५ गते) १ लाख ७१ हजार रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च पनि हो । तर, आज भने घटेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
साताको पहिलो कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ६० रुपैयाँ घटेर २ हजार ३० रुपैयाँ कायम भएको छ । यसअघि भने २ हजार ९० रुपैयाँमा किनबेच भएको थियो ।