७ श्रावण २०८३, बिहिबार

फेरि बढ्यो सुनको भाउ, चाँदीको घट्यो



काठमाडौं । मंगलबार एकैदिन तोलामा २८ सय रुपैयाँ घटेको सुनको भाउ आज भने वृद्धि भएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँ किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तिहारपछिको दोस्रो कारोबार दिन चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँ घटेर २ हजार १५ रुपैयाँ कायम भएको छ। मंगलबार भने २ हजार ३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्