शून्य गरिबी, बेरोजगारी र कार्बन उत्सर्जन लक्ष्यसहित नेपाल कण्ट्री फोरम सम्पन्न

काठमाडौं । विश्वव्यापी गरीबी, बेरोजगारी र वातावरणीय असन्तुलनजस्ता चुनौतीहरूसँग जुध्न सामाजिक व्यवसायको अवधारणा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल कण्ट्री फोरम २०८२ सम्पन्न भएकाे छ ।
१५औं सामाजिक व्यवसाय दिवस अवसरमा आयोजित नेपाल कण्ट्री फोरम २०८२ ११० जना सहभागी रहेका थिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले लघुवित्त संस्थाहरूले महिलालाई औपचारिक वित्तीय पहुँचमार्फत सशक्त बनाउन पुर्याएको योगदानको चर्चा गर्दै, उत्पादनको मुख्य आधार पूँजी व्यवस्थापन र वित्तीय परिचालन रहेको उल्लेख गरे।
साथै, संस्थाहरूले सामाजिक उद्देश्यलाई केन्द्रमा राख्दै नवीनतम सोचको विकास गर्दै जानुपर्ने आवश्यकता औंल्याए।
नेपाल कण्ट्री फोरम सञ्चालक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको मूल मर्म र सिद्धान्तअनुसार कार्य गरिएमा असुली दर ९९५ भन्दा कम नहुने दाबी गरे। उनले पढ्दै कमाउँदै, तीन शून्य क्लब र युवा स्वरोजगारू कार्यक्रमहरूमा विशेष जोड दिनुपर्ने बताए ।
बहुकर्जा, अधिक कर्जा र अस्वस्थ प्रतिस्पर्धाजस्ता समस्याले लघुवित्त क्षेत्रमा चुनौती पैदा गरेको उनकाे भनाइ छ
कार्यक्रममा शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनको अवधारणा आधारित दुई वर्षे कार्ययोजना समेत प्रस्तुत गरिएको थियो। साथै, विभिन्न लघुवित्त संस्था तथा तीन शून्य क्लबमा आबद्ध व्यक्तित्वहरूले उद्यमशिलता विकास, वातावरणीय संरक्षण र तीन शून्य क्लब गठन जस्ता विषयमा आफ्ना अनुभव र विचारहरू प्रस्तुत गरेका थिए।
सन् २०१० देखि युनूस सेन्टर, ढाका (बंगलादेश) को पहलमा प्रत्येक वर्ष मनाइँदै आएको सामाजिक व्यवसाय दिवसले नेपालमा पनि सामाजिक उद्यमशीलताको नयाँ दिशा तय गर्न सहयोग गरिरहेको आयोजक संस्थाको भनाइ छ।