गण्डकी प्रदेशको बजेट बहुमतले पारित

काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको बजेट पारित भएको छ ।
गण्डकी प्रदेशले आगामी आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको हो । असार १ गते प्रस्तुत बजेटमाथि मन्त्रालयगत छलफल र प्रश्नोत्तरपछि शुक्रबार पारित गरिएको हो ।