यामाहा नेपालले विविध कार्यक्रम गरी मनायो ७०औं वार्षिकोत्सव

काठमाडौं । यामाहा नेपालले यामाहा ग्लोबलको ७०औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।
जुलाई १ तारिखमा विश्वभर मनाइने ूयामाहा डेू को अवसरमा यस वर्ष “ब्रिजिङ ओल्ड एण्ड न्यु, थ्रु क्यान्डो एक्सन” भन्ने ग्लोबल थिमलाई आत्मसात गर्दै यामाहाको सात दशक लामो इनोभेसन, जोश र उत्कृष्टताको यात्रालाई सम्मान गरिएको हो।
नेपालमा पनि यामाहा नेपालले यस अवसरलाई अर्थपूर्ण बनाउन सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रमहरू सञ्चालन गर्यो। एमएडब्लू फाउन्डेसनको नेतृत्वमा ब्लु स्क्वायर नक्साल शोरूममा आयोजित रक्तदान कार्यक्रम, एमएडब्लू अटो फ्याक्ट्री परिसरमा वृक्षारोपण अभियान तथा शान्तिनगरस्थित निःसहाय सेवा सदन वृद्धाश्रममा सामुदायिक सेवा जस्ता गतिविधिहरूले ब्रान्डको ‘समाजप्रति योगदान’ भन्ने दर्शनलाई जीवन्त बनाएका छन्।
त्यस्तै, देशभरका यामाहा शोरूमहरूमा केक काट्ने कार्यक्रमहरू आयोजना गरिए, जसले ग्राहक, साझेदार र कर्मचारीहरूबीचको सम्बन्धलाई अझ बलियो बनायो। साथै, टेक्स्पायर कलेजका स्नातक विद्यार्थीहरूलाई लक्षित गर्दै सडक सुरक्षा सम्बन्धी तालिम पनि प्रदान गरिएको थियो।

यस अवसरमा एमएडब्लू ग्रुपका अध्यक्ष श्री विष्णु कुमार अग्रवालले यामाहासँगको ४० वर्षे साझेदारीप्रति गर्व व्यक्त गर्दै भने, “आजको दिन हाम्रो लागि गर्वको विषय हो। यामाहाले इनोभेटिभ, स्टाइलिश र प्रदर्शनमा उत्कृष्ट सवारी साधनमार्फत नेपाली युवालाई प्रेरणा दिँदै आएको छ। यामाहासँगको हाम्रो सम्बन्ध केवल व्यवसायिक हैन, यो हाम्रो पहिचानसँग मिसिएको सम्बन्ध हो।”
यामाहाको उत्पादन दायरा दैनिक यात्रादेखि रेसिङ र साहसिक यात्रासम्म फैलिएको छ। एआरएआई प्रमाणित ७१।३३ किलोमिटर प्रतिलिटर माइलेज दिने स्कुटर जेडआर १२५ एफआई हाइब्रिड, स्पोर्टी आर१५ भी४, दमदार उपस्थिति दिने एमटी१५ भी२ र एफजेड भी३ सिरिज, स्टाइलिस एरोक्स १५५ स्कुटर, तथा अफ(रोडका लागि भरपर्दो डब्लुआर १५५ आर जस्ता मोडलहरू नेपाली बजारमा लोकप्रिय छन्।

यी सबै मोडलहरूमा जापानी प्रविधि, सुरक्षा, दक्षता र रोमाञ्चक राइडिङ अनुभवको संयोजन पाइन्छ। एमएडब्लू राइड्सको नेतृत्वमा सञ्चालन हुँदै आएको यामाहा नेपाल, आज नेपालको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्ड बनेको छ। ब्रान्डले उत्कृष्ट बिक्री पछिको सेवा, दक्ष जनशक्ति उत्पादन र ग्राहक सन्तुष्टिमा निरन्तरता दिँदै आएको छ।
नेपालका हरेक कुना–कुनामा यामाहाको बलियो उपस्थिति र सशक्त प्रभावले अबको यात्रा अझ दिगो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।