नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न « Arthapath.com
१९ असार २०८२, बिहीबार

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न



काठमाडौं । बहुप्रतीक्षित नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ ।

वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ, जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

दीपल, अवतार, डोंगफेंग नम्मी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एयन, एक्सपेन्ग, रिडार, स्काई वेल, बाइड, फोटोन, बाव ब्रम्बी, जे एयर, ब्लावल, एलएस अटो, जिनपेंग जस्ता चार पाङग ब्राण्डहरु सहभागी छन् ।

दुई पाङग्रेमा हिरो, रोयल इन्फिल्ड, जोन्सन, यामाहा गरी ४ ब्राण्डका स्टल रहनेछन् । लाइट कमर्शियल भेहिकलहरुमा न्यु गोनो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सिजी केवाइसी र किङलङ, मोन्त्रा, स्काईवर्थ, कायनिउ, कावेइर नाभेको, सनलङ जस्ता ब्राण्डका स्टलहरु रहेका छन् ।

अटो कम्पोनेन्टहरूमा एशियन, गल्फ, डकहम्स, एटीएस एलजीआईरएलजीआई, माफ्रा, म्याक्सशाइन, वेभेक्स/कुरुमा, मासिमो नेपाल, मिशेलिन, लिक्वी मोली, एसटीसी राइड/एनर्जी, सीएट टायर, जेके/गुड टायर, स्पाइसर, भल्कन, आईटीआर/एटीएफ/यूएसबी/होब, सीवाईजी, केपीआई र कोहिनूर, म्यानेटेक, इलेक्ट्रिक भेहिकल चार्जर, टाटा ग्रीन, टोटल एनर्जी, स्टाड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पीएलओ आदिको ४० भन्दा बढीको उपस्थिति रहेको छ ।

यस संस्करणका विशेष आकर्षणहरूमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी क्याफे रहेका छन् साथै, एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिनेछ ।

यस संस्करणको टाइटल स्पोन्सर माओ ग्रुप अफ कम्पनीज रहनेछ, जसले एक नविन र गैर–प्रतिस्पर्धी उत्पादनमार्फत शोमा .सहभागी हुनेछ । नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुकासाथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्