२४ भदौ २०८३, बुधबार

केयी ई–क्यूट ०२ अब नेपाली बजारमा मात्र रु २०.९६ लाखमा



काठमाडाैं । नेपालमा केयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले केयी ई–क्यूट ०२ नेपाली बजारमा रु २०.९६ लाख मा उपलब्ध गराउने घोषणा गरेका छन्।

यो आक्रामक मूल्य निर्धारणले यसलाई नेपालमा उपलब्ध सबैभन्दा सस्तो र फिचर–युक्त इलेक्ट्रिक गाडीहरू मध्ये एक बनाएको छ।

सुविधा, सुरक्षा र मूल्यको उत्कृष्ट संयोजनले यो कार नेपाली ग्राहकका लागि आकर्षक विकल्प बन्ने विश्वास कम्पनीले लिएको छ।

केयी इ–क्यूट ०२ आधुनिक सुविधाहरूले गर्दा विशेष छ, जसले यसलाई महँगो नभई सुरक्षित र सुविधाजनक बनाउँछ। कारमा कन्सिल्ड डोर ह्यान्डल, १५–इन्चका टायर र इन्टरमिटेन्ट वाइपरजस्ता स्मार्ट विवरणहरू सहितको स्टाइलिश, आधुनिक लुक छ।

यसमा १०.२५ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली छ, जसले उन्नत कनेक्टिभिटी र नियन्त्रणहरूका साथ क्याबिन अनुभवलाई अझ राम्रो बनाउँछ।