मोलुङ्ग हाइड्रोपावरले ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

मोलुङ्ग हाइड्रोपावरले ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति



काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आई निष्कासन गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

कम्पनीले ३१ लाख ३१ हजार कित्ता मध्ये ८ लाख २ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ भने बाँकी २७ लाख २८ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्