८.५ प्रतिशत ब्याज दिने माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

८.५ प्रतिशत ब्याज दिने माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ मा आवेदन दिने आज (साउन १४ गते) बिहीबार अन्तिम दिन हो ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई छुटाएको छ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि लगानिकर्ताले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले ऋणपत्र खरिदका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्