जीवन विकास लघुवित्तको शेयर कारोबार ९१४ रुपैयाँबाट शुरु
काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । पहिलो दिन कारोबार भएको लघुवित्तका शेयर प्रतिकित्ता ९१४ रुपैयाँमा पहिलो कारोबार भएको हो । कम्पनीकाे १० कित्ता सेयर ९ सय १४ रूपैयाँमा काराेबार भएकाे छ । कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ । बुधबार कम्पनिको ६० लाख ८४ हजार १ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । लघुवित्तले दोश्रो बजारमा कारोबारका लागि जेबिएलबि (JBLB) सिम्बोल पाएको छ ।
कम्पनीको आईपीओमा कूल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएका थिए ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।













