दाना उद्योगमा १ अर्बको लगानी, १ लाख बढीलाई रोजगारी श्रृजना

काठमाडौं । हाल नेपालमा करिब ११४ वटा दाना उद्योग रहेका छन त्यसमा पनि ६० भन्दा बढि ठुलो लगानीका पेलेट फिडहरु स्थापना भईसकेको जनाइएको छ । करिवन नेपालका दाना उद्योगहरुमा १ खर्व भन्दा बढिको लगानी भईसकेको यो व्यवसायले १ लाख बढिलाई रोजगारी श्रृजना गरी यूवाहरुलाई विदेशिनवाट रोकेको छं साथै यस पोल्ट्री व्यवसायले नेपालको कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत योगदान पुर्याइएको , नेपाल पशुपंक्षीको दाना उत्पादनमा आत्मनिर्भर रहेको नेपाल दाना उद्योग संघले बताएको छ ।
दाना बनाउने कच्चापदार्थ मुख्यत ;- मकै, भटमासको पिना, औषधीहरु, कच्चा तेल तथा फिड सप्लीमेन्टहरुको मुल्य बृद्धिवाट उत्पादन लागत बढेको छ । आ.ब ०७४।०७५ को वजेट सम्म दाना उद्योगहरुको लागि आवश्यक पर्ने कच्चापदार्थहरु जस्तै ;-मकै तथा भटमासको पिना भन्सार महशुल १.६ प्रतिशत मा छुटदै आएकोमा २०७५।२०७६ बाट मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशत सम्म कृषि सुधार शुल्क बढाएकोले स्वत दानाको मुल्यमा बृद्धि हुन गएको संघले जनाएको छ ।
पशुपंक्षीको आहारमा प्रयोग हुने धेरैजसो कच्चापदार्थहरुको मुल्य बढेसंगै दानाको मुल्य पनि बढेको, विगत २ महिनादेखि सदर १०० रुपैया प्रति के.जी रहेको भटमास पिना ११५ र ३८–३९ रहेको मकैको रेट ४७ रुपैया प्रति के.जी रहेको छ जसको कारण दानाको उत्पादन लागत बढेको छ भने कृषकले उत्पादन गर्ने कुखुरा र अण्डाको लागत मुल्य पनि बढेको छ , मासु र अण्डा उत्पादन लागतमा दानाको ६० प्रतिशत को हाराहारी योगदान रहने जनाइएको छ ।
दाना बनाउन आवश्यक पर्ने फिड सप्लीमेन्टहरुमा २५ प्रतिशत देखि ३० प्रतिशत सम्म बृद्धि भएको छ , मकै करिव ६० प्रतिशत खपत हुन्छ भने भटमासको पिनाको खपत दाना उत्पादनमा लगभग २५–३२ प्रतिशत हुन जान्छ त्यसैले यसको प्रत्यक्ष प्रभाव दानाको मुल्यमा पर्दछ । वर्तमान बजारमा तयारी दानाको उत्पादन लागत मकै र भटमासको पिनाको मुल्य बृद्धिबाट वढि प्रेरित देखिएको संघले जनाएको छ ।