अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र हुने « Arthapath.com
२४ असार २०८३, बुधबार

अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र हुने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएका छन् । जेठ २ गतेदेखि विधिवत्रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चार्टर्ड उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेको हो ।

कूटनीतिक चार्टर्ड उडान, कार्गो उडान र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने भएका छन् । प्राधिकरणले यही कात्तिक १३ गतेदेखि लागू गरेको हिउँदे उडान तालिकाअनुसार चार्टर्ड उडानसँगै काठमाडौँबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्