सन्दीप लामिछानेको बैंक खातामा ६५ हजार २ सय मात्र
काठमाडौं । बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका क्रिकेटर सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ ।
सन्दीपको एनआईसी एसिया बैंकमा रहेको खातामा रहेको रकम रोक्का गर्न माग गरिएको छ भने उनको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ रहेको पाइएको छ ।
सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता भएको छ । सन्दीपविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कार आरोप लगाएकी थिइन् । सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् ।













