किष्ट शिक्षण अस्पतालले ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण
काठमाडौं । किष्ट शिक्षण अस्पतालले आफ्नो ५० औं मृगौला प्रत्यारोपणमा सफलता हासिल गरेको छ ।
किष्ट शिक्षण अस्पतालले विगत ११ वर्ष देखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेको मागत ४ वर्ष देखि विपन्ननागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदानगर्दै आईरहेको छ । यस सेवाको साथ साथै किष्ट अस्पतालले मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि आफ्नो जनशक्ति एवं आवश्यक पूर्वाधार विकासमा साधनश्रोत जुटाएको छ । फलस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तहतको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले मिति २०७७ फागुन १८ गते यस शिक्षण अस्पताललाई मृगौला प्रत्यारोपण कार्यको स्वीकृति प्रदान ग¥यो । किष्ट शिक्षण अस्पतालले मिति २०७८ बैशाख ८ गते पहिलो मृगौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको थियो ।
आजका मिति सम्मआउँदा यस किष्ट शिक्षण अस्पतालले ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपण सेवाका लागि देश भित्रबाट मात्र नभई बिदेशमा रहेका नेपाली नागरिकहरु अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्वका देशहरुबाट यस अस्पतालको सम्पर्कमा आई मृगौला प्रत्यारोपण गरी आ—आफ्नो काममा फर्किसक्ने भएका छन् । प्रतिष्ठानले सुलभ, सहज र गुणस्तरीय प्रत्यारोपण सेवाप्रदान गरेकाकारण वगतमा यस सेवालिनका लागि विदेश जानुपर्ने वाध्यतालाई केही हद सम्म रोक्ने प्रयास गरेको छ ।
किष्ट अस्पतालको प्रत्यारोपण टोलीमा पूर्णकालिन रुपमा फिजिसियन, सर्जन, एनेस्थेसिया, डेन्टल, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, साईकियाट्रिष्ट, चिकित्सक तथा तालिम प्राप्त नर्सिङ्ग सहितको Multidisciplinary Team कटिवद्घ रहिरहेको छ । प्रत्यारोपण कार्यका लागि अस्पतालले छुट्टै dedicated organ transplant विभाग स्थापना गरेको छ ।
ransplant Certified Nephrologist को रुपमाहाल डा. सन्तोष कुमार क्षेत्री कार्यरत र Transplant Certified सर्जनमा डा. नारायण कुमार भुसाल कार्यरत छन् । अङ्ग प्रत्यारोपण कार्य आफैमा जटिल छ भने यस संग जोडिएका अनेकौ कानूनी जटिलताहरु पनि छन् । मानव शरीरको अङ्ग प्रत्यारोपण(नियमित तथा निषेध) ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिमको कानूनीआधार भए नभएको जाँची बुझी प्रत्यारोपणका लागि प्रत्यारोपण स्वीकृति समितिले सिफारिश गर्दछ । प्रचलित कानून बमोजिम नजिकको नातेदारले आफ्नो अङ्गदान दिन पाउने हुँदा नातेदार परिवारका सदस्यहरु दाता र ग्रहणकर्ता वीच रगत परीक्षण मेल नखाएमा यस्तै परिस्थितिबाट गुज्रिरहेको अर्को परिवार वीच पारस्परिक सहमति भएमा दुवै विरामीको एकै साथ प्रत्यारोपण कार्य गर्न सकिने कानूनी प्रावधान बमोजिम किष्ट शिक्षण अस्पतालले यस प्रकारको Pair-exchange गर्ने प्राईभेट अस्पतालहरुमा किष्ट शिक्षण अस्पताल पहिलो र एक मात्र संस्थाहो ।
मृगौला प्रत्यारोपण जटिल हुनुका साथै खर्चिलो पनि छ । तथापि सर्वसाधारणले पनियो सेवालिन सकुन भनेर किष्ट शिक्षण अस्पतालले प्रत्यारोपण सम्बन्धि विभिन्न शिर्षकहरुमा हदै सम्मको न्यूनतम शुल्क राखी प्याकेजमा सेवा दिदै आएकोछ । हाल यस अस्पतालले निर्धारण गरेको प्याकेजको खर्चरु चार लाख पचास हजारबाट शुरु हुन्छ । प्रत्यारोपण सेवासुलभ हुनुका साथै प्रकृयालाई कसरी सहज र सरल बनाउन सकिन्छ भनेर अस्पतालले छुट्टै विभागको स्थापना गरेको छ । विरामीपहिलो पटक अस्पतालमा आए देखि चिकित्सकीय परामर्श र कानूनी परीक्षणलाई साथसाथै अगाडि बढाईन्छ । जसका आधारमा प्रत्यारोपणको निर्णय लिन ६,७ चरणको छलफल भेटघाट र परीक्षण पश्चात सवै आधारहरु ठीक भएमाबिरामी सम्पर्कमाआएको दिनबाट छिट्टोमा १३ दिनभित्रमा प्रत्यारोपण गराउने गरिएको छ ।
यस किष्ट शिक्षण अस्पतालबाट मृगौला प्रत्यारोपणको सेवालिनु भएका बिरामीहरुले यस अस्पतालको सेवा सुलभ र सहज भएको प्रतिकृया दिएका छन् । अन्यत्र अस्पतालमा जादाँनिकै ढिलासुस्ती, कतिपयमा अत्यधिक शुल्क लिईएको तथानर्सिङ् तथा चिकित्सकीय परामर्श चित्तबुझ्दो नभएको, लामो समय कुर्नु पर्ने जस्ता पीडादायी अवस्था महसूस गरेको बताए । किष्ट अस्पतालको सम्पर्कमा आएपछि ट्रान्सप्लाण्ट कोअर्डिनेटरहरुले गर्ने परामर्श साथै चिकित्सकीय परामर्श चित्तबुझ्दो भएको र सम्पूर्ण सबै प्रक्रियाहरुमा संलग्न पक्षहरु निकै चासोका साथ Patient Friendly तरीकाले खटिईनु भएको पाईएको बताउए । मृगौला प्रत्यारोपण पछि दाता र ग्रहणकर्ता दुवैलाई नियमित रुपमा अस्पतालले फलोअपमा बोलाउने र आवश्यकता अनुसार Telemedicine प्रणली बाट परामर्श दिने गरेकामा सेवाग्राहीहरु मानिकै सन्तुष्टी पाइएको छ ।
मृगौला रोग रोगीहरुको लागिमात्र समस्याको विषयन भई बिरामीहरुका आफन्तलाई समेत ठूलो पारिवारिक बोझको रुपमा देखा पर्दछ । रोग पहिचान समय मै हुनन सकी मृगौला गम्भीर अवस्थामा पुग्दा उपचार खर्चिलो हुँदा ठूलो आर्थिक बोझ तथा व्यक्तिको सक्रिय जीवनमा हृदयविदारक रुपमाहस आउन सक्छ । अतः हरेक नागरिकले आफ्नो मृगौला स्वास्थराख्नखानपान, आहार–व्यवहार तथा शारिरीक तन्दुरुस्तीमा ध्यान दिन जरुरी छ । साथै समय समयमा स्वास्थ्य परीक्षण अनिवार्यछ ।
एकातर्फ मृगौला रोगीहरुलाई राज्यले दिने आर्थिक सहयोग अपर्याप्त रही आएको छ भने प्रत्यारोपण पश्चातपनि ग्रहणकर्ताले लामो अवधि सम्म औषधि सेवन गर्नु पर्ने हुँदा परिवारमा पर्ने आर्थिक बोझले दिर्घकालीन क्षति पुगेको पाइन्छ । अतः किष्ट शिक्षण अस्पताल यस्ता पिडित परिवारलाई प्रत्यारोपणमा कुनै न कुनै प्रकारले आर्थिक सहयोग पुगोस् भन्ने अभिप्रायले सामजिक संस्था तथा व्यक्ति विषेशलाई सहयोगीहातहरु अगाडि बढाउन अनुरोध गरेको छ ।












