मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय « Arthapath.com
२४ असार २०८३, बुधबार

मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु ४ दिन बिदा हुने भएका छन् ।

मंसिर २ गतेदेखि ५ गतेसम्म मतदानस्थल रहेका शिक्षण संस्थाहरु बन्द हुने भएका हुन । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् ।

गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्