प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो उखुको समर्थन मूल्य « Arthapath.com
१४ मंसिर २०८१, शुक्रबार

प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो उखुको समर्थन मूल्य



काठमाडौं । सरकारले उखुको समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो ।

अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउनेछन् । यद्यपि सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्