काठमाडौं । हालैको जेनजी आन्दोलनबाट क्षति पुगेका सवारीसाधन र भौतिक संरचनाको दाबी प्रक्रिया छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता नेपाल निर्जीवन बीमा व्यवसायी संघले जनाएको छ । संघले बीमित सम्पत्तिको वास्तविक विवरणसहित आवश्यक कागजात चाँडै बीमा कम्पनीमा बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ । बीमा कम्पनीहरूले पनि सामाजिक उत्तरदायित्व वहन गर्दै दाबी प्रक्रिया